दमक ; दमकका स्थानिय समाजसेवी व्यक्ति विमल गुरुङद्वारा आफ्नो आमा स्व. शान्ता कला गुरुङको स्मृतिमा ४० वर्ष उमेर समुहका (भेट्रान) व्यक्तिहरुको लागि “खुल्ला शान्ता कला स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०७८” आयोजना गराउने भएको छ ।

यसको पुरस्कार राशि क्रमशः प्रथमः रु. २०,००० र द्वितीय पुरस्कार रु. १०,००० गरी जम्मा रु. ३०,००० रहेको छ।

यस स्मृति खेल प्रतियोगितामा आफ्नो ब्यस्त दैनिकी सँगसँगै स्वास्थ्य रहनका लागि खेलकुदको आवश्यकता महशुस गराउने उद्देश्य समेत रहेका स्मृति प्रतियोगिताका संयोजक सञ्जय लिम्बुले बताए । यस प्रतियोगितामा दमकका स्थानिय “सौजन्य ब्याडमिन्टन कोर्ट” को सहकार्य रहने छ ।

उक्त ब्याडमिन्टन प्रतियोगिता असोज ८ र ९ गते आयोजना हुने लिम्बुले बताए ।

तपाईको प्रतिक्रिया