गौरादह : नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छिन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् । अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिएका छन् ।

यस्तै,बैठकले २३औं महाधिवेशन आगामी २४ देखि २६ गतेसम्म गर्ने निर्णय गरेको छ । २०७३ सालयता अनेरास्वियुको महाधिवेशन हुन सकेको छैन । निवर्तमान अध्यक्ष ऐन महरले बैठकमा राजीनामा दिएपछि बरालको अध्यक्षतामा चार सय ६ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको हो ।

नवनिर्वाचित अध्यक्ष बराल अखिलको केन्द्रीय सदस्य, सचिवालय सदस्य, सचिव र उपाध्यक्ष भइसक्नुभएको छ । उहाँ अखिलमा महिलाबाट अध्यक्ष बन्ने तेस्रो हुनुहुन्छ । यसअघि रामकुमारी झाँक्री र नवीना लामा पनि अखिलको अध्यक्ष भइसकेका छन् ।

तपाईको प्रतिक्रिया