इटहरी ।  विश्व शान्ति दिवस तथा मानव धर्मका प्रणेता सतपालजी महाराजको शुभ जन्मोत्सव साथै संविधान दिवसको अवसर पारेर सुनसरीको इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान जीवन दान आत्मज्ञान अति महान सेवा गर्ने हाम्रो अभियान भन्ने नाराका साथ नेपाल मानव धर्म सेवा समिति कोशी क्षेत्रको आयोजना तथा शिव सेना नेपाल , लायन्स क्लबहरुको सहकार्यमा रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रम संयोजक कविराज अधिकारीको संयोजन तथा नेपाल मानव धर्म सेवा समिति कोशी श्रेत्रकी अध्यक्ष बालिका पौडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५६ जना महिला पुरुषले रक्तदान गरेका थिए   ।

नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रमको प्रमुख अतिथीका रुपमा नेपाल मानव धर्म सेवा समिति कोशी क्षेत्रकी प्रमुख नन्दनी वाईजिको रहेको थियो भने कार्यक्रममा शिव सेना नेपाल ,लायन्स क्लव अफ सलकपुर , लायन्स क्लव अफ मोरगं ,लायन्स क्लव अफ इटहरी बुद्धको रक्तदान कार्यक्रमको सहकार्य रहेको थियो ।

तपाईको प्रतिक्रिया