दमक : लायन्स क्लब दमक हेल्पिङ हर्टसको आयोजनामा कोभिडका बिरामीलाई लक्षित गर्दै दमक कोभिड अस्पताल र दमक आम्दा अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोभिडका बिरामीलाई लक्षित गर्दै १०० थान स्पाइरोमिटर हस्तान्तरण गरिएको लायन्स क्लब हेल्पिङ हर्ट्सका सचिब तोयानाथ चापागाईंले जानकारी दिनुभयो ।

हेल्पिङ हर्ट्स क्लबले आयोजना गरेको उक्त कार्यक्रम लायन्स क्लब 325 A1 का डिस्ट्रीक्ट गभर्नर लायन रेवत बहादुर कार्की को प्रमुख आतिथ्यता तथा हेल्पिङ हर्ट्स दमकका अध्यक्ष लायन गंगा देब चौधरीको सभापतित्वमा भएको कार्यक्रममा जोन तथा इम्प्याक एरियाका लायन्सकर्मीहरु लगायत क्लबका मेम्बरहरूको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया