युवराज रेग्मी
असोज १०, झापा/ झापाको गौरादह नगरमा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगतको नगर अधिबेशनमा यादब राज सेढाई बिजय भएका छन ।

नगर सभापति पदका अर्का प्रत्यासी गोपाल प्रसाद कोइराला लाई झिनो मतान्तर दुई ( २)मतले पछि पार्दै सेढाईले आगामी कार्यकालका लागि सभापतिको पद सुनिश्चित गर्न सफल भएका छ्न । बिजेता बन्दा सेडाइले कुल २ सय ४६ मत मध्ये १ सय २२ मत प्राप्त गरेका थिए भने कोइरालाले १ सय २० मत प्राप्त गर्न सफल भए ।

त्यसै गरि दुई पद रहेको नगर उप-सभापती पदका लागि कुन्दन गिरिले १ सय ७१ मत र मेघराज अधिकारीले १ सय ६८ मत प्राप्त गरि बिजय बन्न सफल भए । उप सभापतिकै अर्का उम्मेदवार नरेश कुमार राजबंशीले ९८ मत मात्र प्राप्त गर्न सफल भए ।
त्यसैगरी दुई पद रहेको नगर सचिब पदका लागि माधब कोइरालाले १ सय ४१ मत प्राप्त गरि बिजयी बन्न सफल भए साथै सचिब पदका अर्का बिजेता नेत्र खड्काले १ सय ६ मत प्राप्त गरे । सचिब पदकै अर्का प्रत्यासिहरु सोमनाथ उप्रेतीले १ सय ३ मत र गुरुदयाल राजबंशीले ७४ मत मात्र प्राप्त गर्न सफल भए ।

त्यस्तै दुइ पद रहेको नगर सह-सचीव पदका लागि उपेन्द्र ढुंगानाले सबै भन्दा अत्याधिक १७७ मत प्राप्त गरि बिजयी बन्न सफल भए । त्यसैगरि सह-सचिब पदमै ओम कुमार धमलाले १ सय २० मत प्राप्त गरि बिजयी बने भने सह सचिब पदकै अर्का प्रत्यासी खड्ग नारायण ताजपुरियाले १सय ५ मत मात्र प्राप्त गर्न सफल भए ।

बाकी रहेका ४५ जना नगर सदस्य पदमा आवस्यक संख्यामा मात्र उम्मेद्वारी मनोनयन परेकोले हिजो सनिबारनै निर्बिरोध निर्बाचित भएको त्यसैगरि प्रदेश सभा क्षेत्रीय अधिबेशन प्रतिनिधिमा इन्द्रमणि दाहाल र पुर्णिमा राजबंशी निर्बिरोध निर्बाचित भएको निर्बाचन अधिकृत मोहन अधिकारिले जानकारी दिएका छ्न ।

आज भएको निर्बाचन कार्यक्रममा गौरादह नगरका ९ वटा वडा बाट बिजयी भएर आएका वडा सभापती र क्षेत्रीय प्रतिनिधि गरि कुल २ सय ४६ जना मतदाता मध्ये सम्पुर्ण मतदाताहरु निर्बाचन कार्यक्रममा सहभागी भएकोले सत प्रतिसत मत खसेको थियो ।

तपाईको प्रतिक्रिया