दमक- मुलुककै अग्रणी छाला जुत्ताको उद्योग युनाइटेड रियल लेदर शुको आधिकारिक बिक्री केन्द्र झापाको दमकमा संचालनमा आएको छ ।
दमक चौकको ट्याक्सी स्टेण्डसंगै रहेको भवनमा बिहीबारदेखि पसल संचालनमा आएको हो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले एक कार्यक्रमका बीच युनाइटेड रियल लेदर शु पसलको उदघाटन गरे ।
सुमन श्रेष्ठ, अर्जुन खड्का, समीर श्रेष्ठ र शोभित श्रेष्ठ संचालक रहेको होलसेल तथा खुद्रा पसलमा न्युनतम १ हजारदेखि अधिकतम ८ हजार मुल्यसम्मका जुत्ताहरु रहेका छन् ।
चाडपर्वको अवसरमा जुत्ता खरिदमा ग्राहकलाई छुटको अवसर प्रदान गरिएको संचालक समीर श्रेष्ठले जानकारी दिए ।
स्वदेशी उत्पादनको प्रवर्द्धनमा टेवा पुर्याउनु आफुहरुको उदेश्य रहेको उनको भनाइ छ ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु खड्काको पनि आतिथ्य रहेको थियोे ।