युवराज रेग्मी

असोज २१, झापा / नेपाली काङ्ग्रेसका पार्टी प्रबक्ता तथा काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफुलाइ पार्टीको महामन्त्री पदमा उभ्याएका प्रभाबशाली युबानेता तथा प्रखर बक्ता बिश्वप्रकाश शर्माले कार्यकर्ता तथा जनता माझ काङ्ग्रेस पार्टी देशका निम्ति एकमात्र महत्वपुर्ण र अत्यावश्यक राजनैतीक पार्टी रहेको सन्देश सम्प्रेषण गर्ने अबसरका रुपमा आशन्न १४ औं महाधिवेशन लाई लिनुपर्ने बताएका छन ।

नेपाली काङ्ग्रेस गौरादह नगरपालिका वडा न ३ को पार्टी कार्यालय समुद्घाटन तथा हिन्दुहरुको महान पर्व बिजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम लाई सम्बोधन गर्दै उनले कार्यकर्ता माझ उक्त कुरा बताएका हुन ।

नेपाली काङ्ग्रेस पार्टी देशको अभिभावक भएकोले जसरी एउटा घरमा अभिभावकको महत्त्व जति हुन्छ त्यतिनै महत्त्व देशलाई काङ्ग्रेस पार्टीको रहेको प्रबक्ता सर्माले बताए थिए ।

अर्को प्रसङ्गमा निर्बाचन र संघर्स बाट प्राप्त भएका बिसयबस्तुहरु नितान्त फरक हुनेभएकोले हरेक देशमा , पन्ध्र या बीस बर्षमा दलहरु बिचमा द्वन्दहुने , राजनितीक नेतृत्वले अयोग्यता राख्ने र त्यसको परिणाम एक आपसका द्वन्द सिर्जना भइ जहिलेइ नयाँ ब्यबस्था नयाँ ब्यबस्था भन्ने तर अवस्था भने पुरानै रहिरहने र नेपालीहरु पुरानै अवस्थामा रहिरहने , पिछडिएर बसिरहनु पर्ने अवस्था अन्त्यका लागि काङ्ग्रेस पार्टी अगाडि बड्न आवस्यक रहेको बताए ।

राजनिति बाट निरास भएको ब्यक्तिलाइ बिनम्रता पुर्बक यो देशमा केही अबस्य भएको छ र धेरै कुरा गर्न बाकि रहेको बुझाउन जरुरी भएको सर्माले बताए ।

नेपाल देशले हिंसा र द्वन्दको अन्त्यगरि अहिलेको अबस्थामा आइपुगेकोले समृद्धिका लागि अब धेरै कुरा पुरागर्न बाकी रहेकोले देश बनाउने भिजन काङ्ग्रेससग मात्र भएको बताए ।

देशमा प्रजातन्त्र प्राप्तिको इतिहास स्मरण गराउदै हिंसा अन्त्य गरेर समृद्धिको बाटोतर्फ लम्किन समाजमा अहिंसाको निम्ति लड्न जरुरी रहेको बताए ।

देशमा ठुला ठुला राजनितीक हिंसाको अन्त्य भएपनि गाउँघरमा अझै साना साना घरेलुु हिंसा हुनेगरेको पाइएकोले त्यस्ता हिंसा अन्त्यका लागि काङ्ग्रेसले देशको सामाजिक रुपान्तरणका निम्ति अगाडि बढेर जान जरुरी रहेको बताए ।

अवस्था बदल्न हाम्रो प्रवृत्तिमा बदलाब जरुरी रहेको बताउदै हार्नेले जित्नेको प्रसंसा गर्न र जित्नेले ठूलो हृदय बनाएर अगाडि बड्न जरुरी रहेको बताउदै कमरेड के. पि. ओलिले ५ बर्षका लागि दुइतिहाइको सरकार चलाउदै गर्दा अहंकारकै कारण ३ बर्षमै बालुवाटार बाट बालकोटको बार्दलिमा गएर भाषण गर्नुपर्ने अवस्थामा पुगेको बताए ।

देशलाई सहि ढङको नेतृत्व प्रदान गर्नसके यहि ब्यबस्थामा अवस्था बदल्न सकिने उनले तर्क प्रस्तुत गरेका थिए ।

अहिलेको संसदिय लोकतान्त्रिक ब्यबस्था हिमाल पहाड र तराईको हितका निम्ति भएको बताउदै बर्तमान ब्यबस्था काङ्ग्रेस कम्युनिस्ट र अन्य दलका निम्ति पनि हितहुने ब्यबस्था भएकोले यसको जगेर्नागर्न सबै दलहरु लागिपर्न आवस्यक रहेको बताए ।


हिजो हिंसाबाट शान्ति काङ्ग्रेसको अगुवाइमा भयो , संविधान बिहिनताको अवस्थामा संविधान काङ्ग्रेसको नेतृत्वमा प्राप्त भयो , त्यसैगरी मधेसमा बिद्रोह भएर मधेसमा आगोलागेको बेला त्यो आगोलागेको मधेसलाई बिश्वासमा लिएर हिमाल पहाड र तराई सगसगै जाने अवस्था काङ्ग्रेसले बनाएको स्मरण गराउदै त्यो तागत काङ्ग्रेसमा भएकोले महाधिवेशनको माध्यम बाट त्यो तागत लाई पुनर्जीवन दिने बेला आएको बताउदै हिजो सत्तामा भएका बेला भएगरेका गल्ती कमजोरी अब दोहोर्याउदैनौ भन्दै काङ्ग्रेस देशलाई आवस्यक रहेको बताउदै देशलाइ काङ्ग्रेसले मात्र बनाउछ भन्ने सन्देश महाधिवेशन मार्फत दिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया