दमक । झापाको दमकमा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आज ८० वर्ष उमेर पूरा गरेका आफ्ना १३ जना ज्येष्ठ सेयर सदस्यहरुको सामुहिक चौरासी पूजा साथै सम्मान गरेको हो ।

संस्थाको प्रधान कार्यालय भवन दमकमा वैदिक विधिपूर्वक आयोजित संक्षिप्त चौरासी पूजा पछि ज्येष्ठ सेयर सदस्यहरुलाई जनही नगद ३० हजार रुपैयाँ र बुढेसकालको सहारा एकथान लौरो प्रदान गरिएको र संस्थाका ७० वर्षभन्दा माथि उमेर समूहका ७० जना नै ज्येष्ठ सेयर सदस्यहरुलाई पनि जनही १५ सय रुपैयाँ र एकथान लौरो प्रदान गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिए । आफ्नो जीवनकालको लगानी संस्था प्रतिको लगानी लाई संरक्षण गर्दै सम्मान गरिएको अध्यक्ष भट्टराईले बताए ।

संस्था २५ वर्ष पुगेको अवसरमा रजत वर्ष विशेष कार्यक्रम अन्तरगत आयोजित सो चौरासी पूजा तथा ज्येष्ठ सदस्य सम्मान कार्यक्रमबाट ८३ जनालाइ दशैंको मुखमा ४ लाख ९५ हजार रुपैयाँ वितरण गरेर संस्थाले सामाजिक उत्तरदायित्व निर्वाहमा थोरै टेवा पुर्याएको अध्यक्ष भट्टराईको भनाई थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेशसभा सदस्य अर्जुन राईले आफ्नो मन्तब्यमा मेची सहकारीले अरुकोभन्दा पृथक कार्यक्रम गरेर ज्येष्ठ सदस्यको मन जितेको बताए ।

 

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख तथा संस्थाका संस्थापक अध्यक्ष रोमनाथ ओली, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराई, प्रदेशसभा सदस्य अर्जुन राई लगायतको उपस्थिति रहेको थियो ।

 

संस्थाले बिगतका बर्ष देखि नै बडा दशैको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ ।

 

 

तपाईको प्रतिक्रिया