बिर्तामोड / झापाको बिर्तामोडमा सुविधा सम्पन्न गोल्डेन आइ होटल एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बिर्तामोड चोक बाट ५०० मिटर पश्चिम पुर्वपश्चिम राजमार्गको उत्तरतर्फ कन्चनजंगा हस्पिटल नजिकै स्थापना भएको गोल्डेन आइ रेष्टुरेन्ट एण्ड लजले आज बाट आफ्नो सेवा सञ्चालनमा ल्याएको हो ।

 

आजबाट रेष्टुरेन्ट संचालनमा आएपनि औपचारिक रुपमा केही समयपछी उद्घाटन गर्ने संचालक दिपक फुयालले बताउनु भयो । उहाको अनुसार ग्राहकको मागलाई सम्बोधन गर्दै रेस्टुरेन्ट संचालनमा ल्याइएको उहाले बताउनु भयो ।

 

करिब ३ करोड भन्दा बढी लगानिमा संचालनमा आएको गोल्डेन आइ रेष्टुरेन्ट , लज संचालनमा आए पनि पार्टी प्यालेस र विभिन्न संरचना हरु निर्माण कार्य चलिरहेको र केही समयमा नै सम्पन्न हुने उहाले बताउनु भयो ।

१५ देखि २० जनाले प्रत्यक्ष रोजगार पाउने पार्टी प्यालेस एण्ड रेष्टुरेन्टमा तिन करोड बढी लगानी भैसकेको सञ्चालकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया