झापा। नेपालको चर्चित रियालिटि सो सारेगम लिटिल च्यापियनमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बन्दै गइरहेकी छिन् रोशा फुयाल । सुधुर आवाजको कारण अडिसनदेखि नंै अब्बल प्रतिष्पर्धिको रुपमा परिचित रोशा यतिखेर टप पन्द्रबामट भोटिङ राउण्डको चरणमा छिन् ।

जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशालाई सारेगम लिटिल च्यापियन बन्न अब जनमतको खाँचो छ । त्यसैले उनको समर्थनमा अहिले झापा सहित देशका विभिन्न स्थानबाट रोशाको समर्थन बढ्दै गईरहेको छ । झापा मेचीनगर–८ घर भएकी १४ बर्षिय गायिका रोशाा फुयालले सारेगम लिटिल च्यापियन यात्रा अगाडी बढउन आम देशवासीमाझ आफुलाई भोट गरेर जिताउन अनुरोध गरेकी छिन् ।

रोशालाई भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर 33001 मा (SGMP 13) type गरी सेण्ड गर्नुपर्ने हुन्छ । online भोट गर्नको लागि MOMO app download गरी भोट गर्न सकिने रोशाले बताइन् । भोटिङ्ग शुक्रबार बेलुका देखी सोमबार मध्यान्ह १२ बजेसम हुने छ ।

तपाईको प्रतिक्रिया