काठमाडौं । नेपालमा फेरि इन्धनको मूल्य बढेको छ। नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने मूल्य बढाएको हो। यससँगै पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढेको छ। अब पेट्रोलको मूल्य लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पर्छ ।

हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ। यससँगै एक सिलिण्डरका लागि अब उपभोत्ताले १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ।

तपाईको प्रतिक्रिया