झापा , २८ कात्तिक । नेत्र विक्रम चन्द ” विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले पेट्रोलियम पदार्थ लगायतका अन्य उपभोग्य वस्तुमा गरिएको चरम मूल्यवृद्धिका विरुद्ध चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत आइतबार एक घन्टा चक्काजाम गरेको छ ।

नेकपा झापाका नेताकार्यकर्ताले पुर्व पश्चिम राजमार्ग अन्तर्गत झापाकाे शािवसताक्षी स्थित कनकाइ पुलमा एक घन्टा चक्काजाम गरेको हुन्।

चक्काजाम कार्यक्रम सकिएपछि भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा झापाका जिल्ला सचिव प्रशान्तले ३० गतेको नेपाल बन्द सफल बनाउन आम जनसमुदायलाई अपिल गरेका छन्। नेपाली श्रमजीवी जनताको ढाड सेक्ने गरी मनोमानी ढङ्गले राज्यले पेट्रोलियम पदार्थ लगायत अन्य खाद्य सामग्रीमा गरेको चरम मूल्यवृद्धि खारेज गराउन आफूहरूले नेपाल बन्द आह्वान् गरेको पनि उनले बताए ।

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि २५ गतेदेखि नेकपाले देशव्यापी रूपमा निरन्तर प्रदर्शन गर्दै आइरहेकाे छ।

तपाईको प्रतिक्रिया