झापा : पुर्वमा रहेर नै कला क्षेत्रमा संघर्ष गर्दै गरेका झापाली कलाकार भुवन खड्का यति वेला निर्माताहरुको आँखामा पर्न थालेका छन।

हुन त खड्का एक कलाकार मात्र हैन्न उनि एक कुसल व्यावसायि समेत चिनिने गरेका छन । उनको विगत एक दशक देखि सुर्यदय इलेक्ट्रोनिक पसल सन्चालनमा रहेको छ।

उनी एक सामाजिक व्यक्ति समेत रहेका छन उनी विभिन्न संघ संस्थामा जिम्मेवार पक्ष समेत सम्हालीरहेका छन।

विभिन्न सँस्थामा सदस्य रहे पनि खड्का परिवर्तनका लागि युवा अभियानका अध्यक्ष साथै कला दर्पण चौतारीमा सचिव पद समेत सम्हाली रहेका छन।

खड्का ले निर्देशक बाबू बलामिको मेरो दिल नामक नेपाली कथानक चलचित्र बाट डेब्यू गरेका हुन भने बलामिकै अर्को चलचित्र मधुमाला मा समेत अभिनय गरेका छन।

खड्का सँखुवासभामा जन्मेर धनकुटामा हुर्के पनि हाल झापामा नै रहेर अघि बढिरहेका छन।किन उनी एका एक पुर्वमा चर्चाको शिखरमा आए भनेर हामिले उनका सहकर्मि तथा निर्देशक मुहा सिह थापाले गरेको कामको प्रसंशा गर्दै भन्छन “खड्काका एक मिजासिलो व्याक्ति ,कला क्षेत्र लाई नजिक बाट बुझेको,जस्तो अभिनय लाई पनि निर्देशक को इच्छा अनुसार गर्न सक्ने र फुर्तिलो भएको कारण छिटो चर्चा बटुलेका हुन।”


खड्का भन्छन यो क्षेत्रमा मलाई साथ दिनु हुने निर्देशक हरि वस्नेत (डि के ) मुहासिँह थापा मगर,नयन श्रेष्ठ लगायत केही सथिहरु विर्सन नसक्ने पात्र हुन ।उनका अनुसार कला भनेको समाजमा भएका बिकृती र विसङ्गति साथै भौतिक र हाम्रो समाजका सम्पदाहरु लाई जगेर्णा गर्दै भावि पिडि सम्म आफू भित्रको प्रतिभा देखाउनु लाई कला भनिन्छ।

हाल सम्म खड्का का द्रजनौ म्युजिक भिडियो बजारमा आई सकेका छन भने द्रजनौ भिडियो सम्पादन मै रहेका र आउने तयारि मा छन।
उनी कलाकार मात्र नभएर आफु लाई गितकार समेत रहेको दाबि गर्छन ।

उन ले रचेका गितहरु नेपाल आइडल टप टेन गायिका मेनुका पौडेल लगायत चर्चित गायक नन्दु गुरुङ ले समेत स्वर भरेका छन।
बहु प्रतिभाका धनि खड्का यति वेला पुर्वमा नै सुटिङ र विभिन्न सञ्चार माध्यम तिर व्यस्त रहेको देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया