झापा : पछिलो समय द्रशकको मन जित्न सफल कलाकार भुवन खड्काद्वारा अभिनित मायाको सम्बन्ध म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उन ले हाल सम्म सानो तथा ठुलो पर्दाका दर्जनौ चलचित्र म्युजिक भिडियो र टेलिशृङखलमा काम गरि सकेका छन।

खड्का सँखुवासभामा जन्मिए र धनकुटा मा वाल्याकाल विताए पनि हाल झापा मा नै रहेर कलाकारीतामा सँङघ्रस गरिरहेका छन।

उनी भन्छन स्थानिय स्थरमा रहेर स्थानीय स्थरको कथा वस्तुमा रहि समाज रुपान्तरणको लागि आफु भित्र रहेको प्रतिभा देखाउनु नै कला हो।

खड्काले अभिनय गरेका द्रजनौ भिडियो सार्वजनिक भए पनि सम्बन्ध मायाको अलिक फरक कथा वस्तुमा आधारित रहेको यस भिडियोका शब्द लेखक तथा सँगितकार मिस्टर बमकाजि थापाले बताए।

उक्त भिडियोमा निर्देशन नयन श्रेष्ठले गरेका छन,निर्माता गिता भट्टराई हुन भने भिडियोलाई छायांकन मुहासिँह थापामगर ले गरेका छन त्यसैगरि शृङगारमा सोम मग्रातिले साथ दिएका छन।उक्त मायाको सम्बन्ध मा मुख्य कलाकारको भुमिकामा भुवन खड्का,मेनुका गिरी, विनिसा लिम्बुले
अभिनय गरेका छन।
उक्त गित मा आवाज भने सुरेश धिमालले दिएका हुन । सम्पादन मुहाक्रेटिभ स्टुडियोबाट भएको भिडियो Amrit Media युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।

तपाईको प्रतिक्रिया