झापा / झापाको मेचीनगर –८ की रोशा फुयाल नेपालको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्पियनको उत्कृष्ट १२ मा पर्न सफल भएकी छिन् ।

हरेक शुक्रवार र शनिवार ग्यालेक्सी फोरके टिभीबाट प्रसारण हुँदै आएको यस गायन प्रतियोगितामा सुमधुर आवाजको कारण उनी टप १२ मा पुग्न सफल भएकी हुन् ।

जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशालाई सारेगम लिटिल च्यापियन बन्न सबैको प्रेरणा हौसला र जनमतको खाँचो छ । त्यसैले उनको समर्थनमा अहिले झापा सहित देशका विभिन्न स्थानबाट रोशाको समर्थन बढ्दै गइरहेको छ ।

शोमा यो साता शोकै चर्चित प्रतियोगी रोशा फुयाँलले निर्णायक कालिप्रसाद बास्कोटासँगै उनको चर्चित गीत गाएका छन् ।

रोशासँगै गाइएको यो गीतको क्लिप अहिले भाईरल भईरहेको छ । रोशा शोमा विभन्नि रेकर्ड बनाएकी प्रतियोगी हुन् । उनी भोटिङ राउण्ड सुरु भएपछि पहिलो अवार्ड जित्ने प्रतियोगीमात्र नभई शोमा नै निर्णायक र दर्शकबाट सतप्रतिशत अंक पाउने पहिलो प्रतियोगी हुन् । साथै उनी पहिलो टप स्कोरर समेत हुन् । उनी अहिले चर्चाको शिखरमा छिन् ।

ग्राण्ड जुरि जजेज तथा दर्शकले अत्यन्तै स्वर रुचाएकी रोशा अहिले सम्म ५ पटक च्याट बास्टर र ४ पटक ग्रान्ड बास्टर भएर झन चर्चामा आएकी छिन ।

अडिसनदेखि अब्बल प्रतिस्पर्धीको रुपमा परिचित रोशा हाल रोशा भोटिङ राउण्डको चरणमा छिन् ।

प्रतियोगिताको नियम अनुसार ५० प्रतिशत गायकीको आधारमा निर्णायकको नम्बर र बाकी ५० प्रतिशत दर्शकको भोटिङ्गलाई आधार मानिने नियम रहेकोले रोशालाई सबैको भोटको जरुरी छ ।

सानैदेखि सङ्गीतमा रुचि देखाएकी रोशाले  झापामा भएका धेरै प्रतियोगिताहरुमा समेत जित हासिल गरेकी छिन् ।

रोशालाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर SGMP स्पेस १३ टाइप गरी 33001 मा सेण्ड गर्नुपर्ने हुन्छ ।

अनलाइन भोट गर्नको लागि MOMO app डाउनलोड गरेर पनि भोट गर्न सकिन्छ । हरेक शुक्रवार राती ९ बजेदेखी सोमवार अपराह्न १२ बजेसम्म हुने भोटिङ्गका लागि सबैसमक्ष रोशाले सहयोग समेत मागेकी छिन ।

तपाईको प्रतिक्रिया