झापा : सातै प्रदेशमा ‘सप्तरंग-३’काे आयाेजना हुने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरंग-३’ हुने जानकारी गराएको हो ।

गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग-३’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत् प्रष्टाउनु नै ‘सप्तरंग’को मूल आशय हो ।

यसको सुरुवात नेपालीको पूर्वी भाग काकरभिट्टा बाट हुने भएको छ । आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरंग-३’ हुने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार ले प्रस्तुति दिने छ । काकरभिट्टामा यहीँ मंसिर २४ गते आयाेजक समिति का बिकास घिमिरेले जानकारी दिए ।

पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित भएको थियो । कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग-३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ । काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ।

‘सप्तरंग-३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्यकलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीजस्ता कलाकारहरू सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया