झापा : नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ ।

संघले आज एक विज्ञप्ती जारी गर्दै लामिछानेलाई चयन गरेको जानकारी दिएको हो ।

संघले कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाइ पदमुक्त गर्ने निर्णय समेत गरेको छ ।

अनुशासन उल्लङ्घन सम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार जना खेलाडीहरू ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाइ २०२२ को सेन्ट्रल कनट्रयाक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लले जनाएका छन् ।

तपाईको प्रतिक्रिया