दमक : मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सदस्यको उपचारका क्रममा मृत्यु भएकोमा मृत्युपर्यन्त सामाजिक संस्कार खर्च प्रदान गरेको छ। झापाको दमक ९ निवासी संस्थाकि सदस्य यामकुमारी दाहालको परिवारलाइ काजकिरिया खर्च प्रदान गरिएको हो ।

संस्थाको नियम अनुसार संस्थाको सेयर सदस्यको उपचारका क्रममा मृत्यु भएकाले काजकिरिया खर्च स्वरुप आज पाचौ दिनको पुन्यतिथिमा रु २५,००० प्रदान गरिएको हो ।

सो कार्यक्रममा संस्थाका करिब २५ जना पदाधिकारीहरुको उपस्थिति रहेको थियो। साथै शोकसभामा मेची सहकारीका अध्यक्ष नारायण प्रसाद भट्टराईले शोक मन्तव्य राख्नु भएको थियो।

मेची सहकारीले आफ्नो सदस्यहरुलाइ यस किसिमको घटना हरुमा विभिन्न राहत प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया