गौरादह : झापाको गौरादहमा रहेको गौरादह कृषि क्याम्पसका नव आगन्तुक बिद्यार्थीहरुलाइ नेपाली काङ्ग्रेस प्रदेश समिती क्षेत्र न ५ क झापाले स्वागत गरेको छ ।

आज गौरादह कृषि क्याम्पसमा एक कार्यक्रमका बिच नव आगन्तुक बिद्यार्थीहरुलाइ स्वागत गरिएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन प्रतिनिधि ,झापा जिल्ला सदस्य तथा गौरादह नगरपालिका वडा न २ का वडाध्यक्ष हेमन्त कार्की , नेपाली काङ्ग्रेसका नेता गोपाल कोइराला , नेपाल बिद्यार्थी संघ गौरादह कृषि क्याम्पस इकाइ सभापति कुशल लामिछानेले बधाइ तथा स्वागत मन्तव्य राख्नु भएको थियो ।

साथै कार्यक्रममा नेपाली काङ्ग्रेस प्रदेश कार्यसमिति सदस्य तथा सो कार्यक्रमका बिशेष अतिथी प्रकाश कार्कीले गौरादहमा रहेको कृषी क्याम्पसमा अध्ययन गर्न आउनुभएकोमा बधाइ दिदै स्वागत मन्तव्य राख्नुभयो ।

कार्यक्रमका सभापति तथा नेपाली काङ्ग्रेस झापा जिल्ला क्षेत्र न ५ क का सभापति जिवन राइले गौरादह कृषि क्याम्पसमा आएका सबै बिद्यार्थीलाई स्वागत गर्नुभयो । साथै गौरादह कृषि क्याम्पस तथा बिद्यार्थीको हक हितकालागि नेपाली काङ्ग्रेस सदैब तत्पर रहेको बताउनु भयो ।

कार्यक्रममा झापा जिल्ला सदस्य तथा गौरादह नगरपालिका वडा न २ का वडाध्यक्ष हेमन्त कार्की , नेपाली काङ्ग्रेसका नेता गोपाल कोइराला ,गौरादह नगरपालिका वडा न ६ का वडाध्यक्ष खड्ग पराजुली , गौरादह नगरपालिका वडा न १ का वडा सदस्य कोमल ढुंगाना ,गोरिमान फागो , किशोर पौडेल , संजिब कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नेपाली काङ्ग्रेस झापा जिल्ला क्षेत्र न ५ क का सचीब राजु घिमिरेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया