दमक/ झापाको दमकमा प्रधान कार्यलय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चुलाचुली सेवा कार्यालयको आज उद्घाटन तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

इलामको चुलाचुली–४ आइतबारे रहेको चुलाचुली सेवा केन्द्र केही समयअघि सेवा कार्यालय स्थापना गरिसकेको र कोरोनाका कारण उद्घाटन गर्न नसकेकाले शनिबार उक्त कार्यालयको उद्घाटन तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम चुलाचुली गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी प्रदिपचन्द्र राई तथा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईलेले संयुक्त रुपमा रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभएको हो ।

चुलाचुली सेवा कार्यालय सञ्चालन भएदेखि हालसम्म २१ लाख ६३ हजार शेयर पूँजी, ५५ लाख ४४ हजार निक्षेप संकलन, २ करोड ८३ लाख २६ हजार कर्जा लगानीसहित सेवा कार्यालयले ३ करोड १८ लाख ८९ हजारको वासलात तयार पारेको सेवा कार्यालय प्रमुख राजकुमार कार्कीले बताए ।

 

कार्यक्रममा संस्थाको पूर्ण वित्तीय अवस्था, नीति र चुलाचुली सेवा कार्यालयको शेयर पूँजी, निक्षेप, कर्जा, वासलातबारे संस्थाका सहव्यवस्थापक चन्द्रप्रसाद थापाले जानकारी गराउनुभएका थियो ।

संस्थाका शिक्षा समिति सदस्य तथा पथरी सेवा कार्यालयका संयोजक रुद्रबहादुर तामाङ्गले पारिवारिक बजेट कसरी तयार गर्ने, बजेटलाई कसरी व्यवस्थापन गर्ने र खर्च कटौती तथा बचतलाई प्रोत्साहनलगायतका बिषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै खासगरी सहकारी संस्थाको माध्यम बाट ग्रामिण भेगमा बित्तीय पहुच पुर्याइ आफ्ना सेयर सदस्यहरुको जीवन स्तर उकास्न संस्थाले उल्लेखनीय भुमिका निर्वाह गर्ने छ र चुलाचुली गाउपालिकामा बसोबास गर्ने स्थानीय समुदायहरु संस्थामा आवद्ध भइ विभिन्न पेसा ब्यवसाय उधम तथा कृषि संचालन गर्न संस्थाले पुजि परिचालन गर्ने भएकाले मेची सहकारीमा आवद्ध हुन संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी तथा चुलाचुली गाउँचुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले सहकारीका माध्यमबाट बिशुद्व सहकारीको मर्म बाट चलेको मेची सहकारी चुलाचुली गाउपालिकामा आएकोमा खुशी ब्यक्त गर्दै सहकारिको माध्यम बाट विभिन्न कार्यक्रम संचालन गरेकोमा स्वागतयोग्य रहेको भन्दै धन्यवाद दिनुभयो ।


चुलाचुली क्षेत्रका सदस्यहरुको सक्रिय सहभागिता रहेको कार्यक्रममा शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मीप्रसाद दाहालको सञ्चालन तथा चुलाचुली सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक सञ्जयकुमार राईले संस्था स्थापनाको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया