झापा । मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टामा प्रधान कार्यालय रहेको छड्के अनुसन्धान साप्ताहिक दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल पुसको पहिलो सोमबारबाट शुभारम्भ भएको हो । जनतालाई सुसूचित गराउने उद्देश्यले थालनी गरिएको पत्रिका एक वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको छ ।

जनताको आवाजलाई पाठकमाझ पुर्‍याउने अभियान निरन्तर अघि बढाउन पत्रिकाका  प्रकाशक बालकृष्ण थापाले जनाएका छन् ।

छड्के अनुसन्धान साप्ताहिक यहाँसम्म ल्याउन सबै पक्षको उत्तिकै मेहनत र लगानीलाई कहिल्यै नभुल्ने  बताए । सम्पादन समूहमा बसेर काम गर्नु भएका सम्पादन समूह तथा पत्रिकालाई आर्थिक पाटोमा सहयोग गर्नु हुने सञ्चालक समितिकै कारण आज पत्रिकाले यहाँसम्मको यात्रा तय गर्न सफल भएको सम्पादक खगेन्द्र घिमिरेले बताए ।

सुरुवाती वर्ष हाम्रो यात्रा सुखद बन्न सकेन । कोरोना महामारीका कारण अरू क्षेत्रसँगै सञ्चार क्षेत्र नराम्ररी प्रभावित बन्यो । यसको असर अहिले पनि देखिएको छ । कोरोनाकै कारण केही महिना पत्रपत्रिका बन्द भए । तर, हामीले अनलाइन संस्करणमार्फत निरन्तर जनतालाई सूचना र समाचार दिने कुरामा कत्ति पनि विचलित नहुने थापाले बताए । जनताले पाउने सूचनाको हकको पहरेदार भएर छड्के अनुसन्धान पत्रिका उभिएको छ, उभिने पनि विश्वास दिलाउँछौँ, उनले भने।

तपाईको प्रतिक्रिया