दमक / झापाको दमकमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दमक नगरपालिका वडा नं . २ भाङबारीस्थित उतर दक्षिण भित्रि सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । हिजो अर्थात् मंगलबार राती करिब साढे १० बजे उतरबाट दक्षिण तर्फ पुर्व पश्चिम राजमार्ग आउदै गरेको प्र१–०२–०४३प ६९२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलचालक खोटाङ चिसापानी ४ का २३ बर्षिय अनिल वि.क, चितवन राप्ती ४ का १९ बर्षिय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला ३ का १९ बर्षिय अनिल लामगादेको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक तीनै जना सुन पसलको सुनचाँदीका गरगहना बनाउने मजदुर हुन् ।

तपाईको प्रतिक्रिया