बिर्तामोड : झापाको दमकमा प्रधान कार्यलय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बिर्तामोड सेवा कार्यलयका सेयर सदस्य क्यान्सर पिडित सन्तोष कुमार आचार्य र बाशुदेव पौडेललाइ उपचार खर्च स्वरुप जनही ५० हजारको दरले सहयोग गरेको छ ।

बिर्तामोड निवाशी सन्तोष कुमार आचार्य र बाशुदेब पौडेल मेची बहुउद्देश्यीय सहकारी संस्थाका सेयर सदस्य हुन । उनिहरु घाँटी तथा गिजा क्यान्सरबाट केही महिनाबाट पिडित भएका हुन ।

उक्त कार्यक्रममा बिर्तामोड सेवा कार्यलय ब्यवस्थापन उप समिति , कर्जा उपसमिति र प्रधान कार्यलय दमकका मेघराज राउत लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहयोग नगद हस्तान्तरण बिर्तामोड सेवा कार्यलय ब्यवस्थापन उप समिती संयोजक उत्तम खनालले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बिर्तामोड सेवा कार्यलय ब्यवस्थापन उप समिती संयोजक उत्तम खनालले क्यान्सर पिडित सेयर सदस्यहरुलाई केही भए पनि सहयोग होस् भनी संस्थाबाट सहयोग गरेको बताउनु भयो।

मानव भएर मानवताको सेवा गर्नुपर्ने कुरामा जोड दिदै खनालले तपाईं हामीहरुको सहयोग थोरै भए पनि हाम्रो सहयोगले उहाँको ज्यान बच्न सक्ने भएकोले जति सक्दो सहयोग गरिदिनु हुन पनि अनुरोध गर्नुभएको छ।

मेची सहकारी संस्थाले आफ्नो सदस्यहरुलाइ विभिन्न रोग र विषम परिस्थितिमा सहयोग गर्दै आएको छ।

तपाईको प्रतिक्रिया