झापा । नेपालको चर्चित रियालिटि सो ‘सारेगमप लिटिल च्याम्प्स’ को फाईनलमा झापा मेचिनगरकी नव गायिका रोशा फुयाल पुग्न सफल भएकी  छिन् ।

प्रतियोगितामा लगातार धमाका मच्चाइरहेकी झापाली चेली रोशा फुयाल  प्रतियोगिताको फाइनलमा पुग्न सफल भएकी हुन् । रोशा मेचीनगर  निवासी हुन् ।

हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके टेलिभिजन र डोको युट्युब च्यानलबाट प्रसारण भइरहेको सारेगमपमा विभिन्न अडिसनमा देश तथा विदेशबाट ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगी सहभागी भएका थिए । जसमा उनीहरुलाई उछिन्दै रोशा  टप ५ हुदै उपाधि नजिक पुगेकी हुन् ।

सुरिलो स्वरकी धनी झापा मेचीनगर– ८ निवासी फुयालले प्रतियोगिताा सबैभन्दा बढी ब्लकबस्टर प्रफमेन्स दिएसंगै चर्चा एकाएक चुलिएको हो । उपाधि दाबेदार फुयाललाई आफ्नो प्रतिभा संगै अहिले भोटको पनि आवश्यक रहेका हुँदा जिताउन भोट गरिदिन परिवारको आग्रह छ ।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुती दिईरहेका उनलाई अब उपाधिका लागि अत्याधिक भोटको आवश्यक छ ।

रोशालाई भोट गर्न मोबाइल मार्फत मेसेज बक्समा गएर SGMP टाइप गरी एक स्पेस छोडेर १३ टाइप गरी ३३००१ मा सेन्ट गर्नु पर्ने हुन्छ । त्यस्तै अनलाईन भोटिङका लागि MOMO भोटिङ एप डाउनलोड गरी भोट गर्न सकिनेछ । त्यसैगरी momoappnepal.com बाट पनि भोट गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया