दमक : नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको हो ।

नयाँ जनगणना अनसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । यसपटक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी थियो ।

जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

तपाईको प्रतिक्रिया