दमक, १० फागुन–जीवन बीमा कम्पनीहरुबीच सवैभन्दा पुरानो र ब्यवसायिक क्षेत्रमा अब्बल दर्जाको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३५औं बार्षिक उत्सवको अवसरमा आज देशभर बिभिद कार्यक्रम गरेर मनाएको छ ।

यसैबीच, झापाको दमकस्थित कम्पनीको दमक शाखाले रत्नजेष्ठ बृद्धश्रम सेवा केन्द्र दमकमा आश्रित बृद्धबृद्धाहरुलाई बिहानीको भोजन गराउनुका साथै उनीहरुलाई दक्षिणासंगै आश्रमको कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।

दमक-४ मा अवस्थित रत्न जेष्ठ नागरिक आश्रममा आश्रित ८ जना बृद्धाबृद्धहरुलाई बिहानीको खाना खुवाउनुका साथै उनीहरुलाई दक्षिणासँगै आश्रमकको कोषमा रु नौ हजार ५ सय सहयोग प्रदान गरिएको दमक शाखा प्रमुख सुमन थुलुङ राईले जानकारी दिनुभयो । सो रकम दमक शाखा प्रमुख राई कम्पनीको ३५औं बार्षिक उत्सवको अवसरमा बढुवा भएको अवसर पारेर रत्न जेष्ठ नागरिक बृद्धश्रम सेवा केन्द्रको कोषमा रकम जम्मा गरिएको हो ।

शाखा प्रमुख राईका अनुसार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको काठमाण्डौंस्थित केन्द्रीय कार्यालय, ७ वटै प्रदेश कार्यालय र देशभरीको शाखा कार्यालयहरुले आज एकसाथ विभिद कार्यक्रमहरु आयोजना गरेर ३५औं बार्षिक उत्सव मनाइएको छ ।

आश्रममा आयोजित कार्यक्रममा कम्पनीका दमक शाखा प्रमुख सुमन थुलुङ राई, अभिकर्ता संघ दमकका उपाध्यक्ष तथा मुख्य व्यवसाय प्रवन्धक नारायण प्रसाद खरेल, सहसचिव एबम् मुख्य व्यवसाय प्रवन्धक युवराज दंगाल, सदस्य तथा मुख्य व्यवसाय प्रवन्धक ध्रूब अधिकारी, मुख्य व्यवसाय प्रवन्धक गोपाल काफ्ले, मुख्य व्यवसाय प्रवन्धक पदम ढकाल, टीका रिजाल, बिन्दु पराजुली र राम भट्टराई, कार्यालयका कर्मचारीहरु सम्झाना साँवा, बलदिप तामाङ र रिता चम्लागाईको सहभागिता थियो ।

यता, दमक शाखा कार्यालयमा कर्मचारीहरु र कम्पनीका अभिकर्ताहरुबीच शुभकामना आदानप्रदान गर्नुका साथै केक काटेर ३५औं बार्षिक उत्सव मनाइएको शाखा प्रमुख राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया