दमक : होटल ब्याबसायि संघ क्षेत्रीय समिति दमकको १३औ बार्षिक साधाणसभा तथा बनभोज कार्यक्रम आज सम्पन्न भएको छ ।

इलामको पर्यटकीय क्षेत्र चपेटी मा आज भएको बनभोज तथा साधारणसभाले नया कार्य समिति चयन गरेको छ।

योगराज दङ्गालको अध्यक्षतामा २३ सदस्य समिति गठन गरिएको छ। जसमा बरिस्ठ उपाध्यक्षमा मदन ढकाल ,उपाध्यक्षमा कुमार गौतम, महासचिवमा भुपेन्द्र प्रसाद न्यौपाने, सचिबमा कुमार खनाल , सह सचिबमा मिन कुमार पुरी , कोषाध्यक्षमा भरत राज दाहाल , सह कोषाध्यक्षमा दिपक फुयाल लगायत २३ सदस्यीय कार्य समिति गठन गरिएको छ।

होटल ब्यवसायी संघ प्रदेस एकका अध्यक्ष राजन दङ्गालको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया