Ψचितवन। भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन्। पछिल्लो मतपरिणाम अनुसार जम्मा १९ हजार ५ सय ८३ मत गणना हुँदा दाहाल ३ सय ११ मतले अगाडि छन्।

 

दाहालले ६ हजार ६०२ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले ६ हजार २ सय ९१ मत प्राप्त गरेका छन्।स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २ सय २१ मत प्राप्त गरेका छन्।

 

त्यस्तै, उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार २६ मत ल्याउँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङले ५ हजार २ सय ५३ मत प्राप्त गरेकी छन्।

तपाईको प्रतिक्रिया