¤झापाको दमक नगरपालिकाको मेयरमा महागठबन्धनबाट राप्रपाका उम्मेदवार राम थापा अग्रस्थानमा छन् ।

थापाले १९६८ मत ल्याए भने एमालेकी उम्मेदवार गीता अधिकारीले १९४० मत ल्याएकी छिन्।

उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले १९३१ र एमालेका अम्बिकाप्रसाद खनालले १७५६ मत ल्याएका छन्।

अहिलेसम्म दमकको ४५४१ मत गणना भएको छ। नगरमा ३९ हजार ९४९ मत खसेको छ।

दमकमा सत्ता गठबन्धनका दलहरूले राप्रपाका थापालाई समर्थन गरेका छन्। काङ्ग्रेसले उपमेयर लिएर राप्रपालाई साथ दिँदा माओवादी केन्द्र र जसपाले पनि साथ दिएका छन्। दमकमा यो तालमेललाइ महागठबन्धन भन्ने गरिएको छ।

तपाईको प्रतिक्रिया