झापाका एक जना दलित नेतामात्रै वडाध्यक्ष बनेका छन् । नेकपा एमालेका ३४ वर्षीय दलित नेता सिकिन पासवान शिवसताक्षी नगरपालिका ५ को वडाध्यक्षमा विजयी भएका हुन् ।

 

गठबन्धनलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएको हो । गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेद्वार पदम थापालाई ६ सय ५५ मतान्तरले हराउँदै विजयी नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेद्वार सिकिन पाशवान विजयी भएका हुन् । पाश्वानले १ हजार ३ सय १६ मत प्राप्त गरेका थिए भने थापाले ६६१ मत प्राप्त गरेका थिए ।

 

त्यस्तै नेकपा एमालेका महिला सदस्य यसोदा विमली १ हजार १ सय ३२, दलित महिला सदस्य रिना कुमारी विश्वकर्मा १ हजार २ सय १५ मत , पूर्ण प्रसाद ताजपुरिया १ हजार ४८ र विमल कुमार न्यौपानेले १ हजार ७ मत प्राप्त गरी विजयी भएका हुन् । निर्वाचन कार्यालयले गएराति विजयी घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया