आजबाट खुल्यो त्रिभुवन विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान

आजबाट खुल्यो त्रिभुवन विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान
भदाै १६-काठमाडौं विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ। सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो।  भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक...

चितवनमा अस्पताल चहार्दा चहार्दै कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गयो

चितवनमा अस्पताल चहार्दा चहार्दै कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गयो
भदौ १६,काठमाण्डौ चितवनको भरतपुर अस्पतालमा सोमबार राति ज्यान गएका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मृतक तीन जनाकै स्वाब परीक्षण गर्दा कोरोना देखिएको अस्पतालमा सूचना अधिकारी लीलाधर पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । ज्यान गएकामध्ये ५५ र १८ वर्षका महिला छन् भने ६५ वर्षका पुरुष रहेका छन् । उनीहरु सबै चितवनका हुन् । मृतक सबै अस्पताल चहार्दा चहार्दै भरतपुर अ...

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने  कोरोना संक्रमण देखिएन ।  मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी  होम आइसोलेसनमा बसेक...

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि
१५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २९८ जना काठमाडौं उपत्यकाका छन् ।

नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु

नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु
१५ भदौ, काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका ...

रौतहटमा ३५ वर्षीया दलित महिलाको हत्या

रौतहटमा ३५ वर्षीया दलित महिलाको हत्या
१५ भदौ, काठमाडौं । रौतहट गढीमाई नगरपालिका-३ लक्ष्मीपुर मुसरीटोलकी एक महिलाको हत्या भएको छ। प्रहरीका अनुसार ३५ वर्षीया मिन्त्रादेवी बैठाको आइतबार साँझ हत्या भएको हो। प्रहरीलाई सवा ६ बजे हत्याको खबर आएको थियो। घाँस काट्न गएकी ती महिलालाई घाँटीमा सारीको फेरोले कसेर हत्या गरिएको अवस्थामा फेला पारिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए।  उनी घरबाट करिब चार...

लद्दाखमा भारत-चीनबीच फेरि तनाव

लद्दाखमा भारत-चीनबीच फेरि तनाव
१५ भदौ, काठमाडौं । लद्दाखमा भारत र चीनबीच पुनः तनाव सुरु भएको छ । सीमा क्षेत्रबारे भएको सहमति विपरित चिनियाँ सैनिकले उत्साउने कदम चालेको, तर आफूहरु रोकेको भारतीय सेनाले बताएको छ । पेंन्गोंग त्सो लेकमा चिनियाँ सैनिकको उत्साहटपूर्ण कदमलाई रोकेको भन्दै भारतीय सेनाले वक्तव्य जारी गर्दै भनेको छ, भारतीय सेना सम्वादमार्फत शान्ति कायम गर्ने पक्षमा छ तर आफ्नो क्षेत्रको अखण्डताको सुरक...

कोरोनाबाट सचेत भएर काम गर्न प्रधानमन्त्रीद्धारा मन्त्रीहरुलाई निर्देशन

कोरोनाबाट सचेत भएर काम गर्न प्रधानमन्त्रीद्धारा मन्त्रीहरुलाई निर्देशन
१५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका कारण नेकपा सचिवालय बैठकै रोकिएको थियो ।...

बुधबारसम्म मेघगर्जनसहित वर्षा हुने

बुधबारसम्म मेघगर्जनसहित वर्षा हुने
१५ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ । सोमबार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेशका केहीस्थानमा भारी वर्षा र देशभर हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ । मंगलबार देशका अधिकांश भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश ५ र सुदुरपश्चिम बाहेकका प्रदेशमा भारी वर...

झापामा खुल्यो पाँचतारे स्तरको होटेल, डेढ अर्ब लगानी

झापामा खुल्यो पाँचतारे स्तरको होटेल, डेढ अर्ब लगानी
१५ भदौ, झापा । पर्यटक आगमन ठप्प भएको ६ महिना नाघ्यो, अझै कति समय यो अवस्था रहने हो टुंगो छैन । यस्तै परिस्थितिकाबीच झापाको धुलाबारीमा पूर्वाञ्चल कै पहिलो पाँचतारे स्तरको होटेल ‘होटेल मेची क्राउन’को ‘गृहप्रवेश’ भएको छ । विश्वका विभिन्न मुलुकमा आतिथ्य सेवामा अनुभव हाँसिल गरी फर्किएका चार जना युवाको टिमको जमघटको जन्मियो ‘द पीक हस्पिटालिटी’ । यसै टिमको व्यवस्थापनमा काठमाडौं  ...