प्रेमका कुरा : यस्तो छ सम्बन्ध मजबुत बनाउने उपाय
हरेक प्रेम सम्बन्धमा उतारचढाव आइरहेको हुन्छ । प्रेम आफैमा विना स्वार्थ चल्ने गर्दछ । तर कहिलेकाहीँ प्रेममा सुझबुझ र एक अर्काको भावना नबुझिदिँदा प्रेम टुट्ने गर्दछ । कतिपय अवस्थामा महिलाको भावना कस्तो हुन्छ भनेर नजान्नाले पनि प्रेममा दरार आउने गर्दछ । त्यसले कोही पुरुष प्रेममा हुनुहुन्छ भने यी कुराको जानकारी राखेमा तपाईको प्रेमी तथा प्रेमिकासँगको सम्बन्ध अझै सुमधुर हुने गर्दछ ।
...